काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले नयाँ वर्ष अफर घोषणा गरेको छ । अफर २०८० जेठ २ गतेसम्म रहने कम्पनीले जनाएको छ । सामसङको पछिल्लो रेंजका टिभी, रेफ्रिजेरेटर र वाशिङ मेसिनमा यस्तो अफर ल्याइएको कम्पनीले जनाएको छ ।
अफरमा सामसङले आफ्ना उत्पादनमा ४१ प्रतिशतसम्म क्यासब्याक दिएको छ । यस्तै सामसङ फ्ल्यागशिप क्युएल टिभीहरूमा आकर्षक क्यासब्याक प्रदान गरेको हो ।
साथै, क्रिस्टल फोरके अल्ट्रा एचडी टिभीको अमेजिङ रेन्ज र तिनीहरूका बिलियन ट्रु कलरहरूमा २५ प्रतिशतसम्मको छुट दिएको छ । एक वर्षको वारेन्टी टिभीमा प्रदान गरिएको छ भने प्यानलहरूमा थप एक वर्षको वारेन्टी प्रदान गरेको छ । साथै, सामसङको इनोभेटिभ साइडबाइ साइड रेफ्रिजेरेटरहरू अपग्रेड गर्न सकिने पनि जनाएको छ । जसको क्षमता सात सय लिटरसम्मको रहेको छ ।
यस्तै, तीन सय १४ लिटर क्षमताको कर्ड माइस्ट्रो टीएम वा डिजिटल इन्भर्टर डबल डोर र सिंगल डोर रेफ्रिजरेटरमा पनि क्यासब्याक सुविधा दिएको छ । यसमा २५ प्रतिशतसम्म क्यासब्याक ग्यारेन्टी गरिएको कम्पनीले जनाएको छ ।