काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले रेष्टुरेन्ट तथा श्रृंगारका क्षेत्रसँग समन्वय गरी आफ्ना ग्राहकलाई छुटको योजना ल्याएको छ । बैंकले विभिन्न स्थानमा अवस्थित संस्थाहरूसँग छुटसम्बन्धी सम्झौता गरेको हो ।
सम्झौतापश्चात् महालक्ष्मी विकास बैंकका डेबिट र क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले सम्बन्धित संस्थाले दिने विभिन्न सेवामा विशेष छुट पाउन सक्नेछन् ।
बैंकले काठमाडौंको बूढानीलकण्ठस्थित मेराकी होलिस्टिक वेल्नेस रिट्रिटका सेवाहरूमा अधिकतम १५ प्रतिशत छुट प्राप्त गर्न सकिने जनाएको छ । यस्तै ललितपुरको जावलाखेलस्थित बर्गर शाका सेवामा अधिकतम १० प्रतिशत, रूपन्देहीको बुटवल उपमहानगरपालिका अमरपथस्थित समृद्धि हेयर ड्रेसिङ सैलुनमा अधिकतम २० प्रतिशत र काठमाडौंको टंगालस्थित छोटु युनिसेक्स सैलुनबाट सेवा लिँदा २० प्रतिशत छुट उपलब्ध हुनेछ । बैंकले यस्तो सहकार्यबाट डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्ष लाभान्वित हुने विश्वास लिएको छ ।