काठमाडौं । सुर्खेतमा हुन लागेका विभिन्न कार्यक्रममा सहभागी हुन उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्का गृह जिल्ला सुर्खेत पुगेका छन् । शनिबार सुर्खेत पुगेपछि उनले विमानस्थलमा जहाजबाट ओर्लिन बित्तिकै त्याहाँको भूमीलाई ढोगेका छन्। सुर्खेतमा स्थानीयहरूले खड्कालाई स्वागत गरेका थिए।
सुर्खेतमा हुन लागेका विभिन्न कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेका हुन्। उनले सुर्खेतमा भएको पत्रकार सम्मेलनमा कर्णाली र सुर्खेती जनताको शीर निहुरिने कुनै पनि कामहरू आफूबाट नहुने बताएका छन्।
उनले भने ‘म अहिले कर्णालीको जनप्रतिनिधिको रूपमा छु, मैले जिम्मेवारी सम्हालेको भोलिपल्टदेखि कर्णालीका जनताले हाम्रो शीर निहुरिने काम गरेनन्, कर्म गरेनन्, शिर ठाडो गर्ने गरी काम गर्यो भन्ने जस प्राप्त गर्न सकूँ, भन्नका लागि कर्णालीको माटोसँग आर्शिवाद र शुभकामना माग्न मैले नेपालआमाको भूमीलाई ढोगेको हुँ।’