काठमाडौँ । नेपालमा राष्ट्रव्यापी आँखा उपचारमा लायन्स क्लबले महत्त्वपूर्ण सहयोग गरेको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बताएका छन् । काठमाडौँमा भएको लायन्स क्लबको अधिवेशनमा शनिबार उनले नेपालमा अन्धोपन निवारण गर्न लायन्स क्लबले उल्लेखनीय काम गरेको बताए ।
वातावरण प्रदूषण बढिरहेको बेला वातावरण सफा राख्न र भूकम्पका बेला राहत तथा उद्धारको काममा लायन्स क्लबले महत्त्वपूर्ण भूमिका खेलेको सभामुख घिमिरेले उल्लेख गरे । भूकम्पका बेला ४५ करोडभन्दा बढी सहयोग जुटाएर विद्यालय बनाउन सफल भएकोमा उनले लायन्स क्लबलाई धन्यवाद दिए ।
लायन्स क्लबले सामाजिक काममा खेलेको भूमिकाको प्रशंसा गर्दै उनले आगामी दिनमा पनि सामाजिक काममा लाग्न लायन्स क्लबलाई आग्रह गरे । साथै उनले त्रिवि लायन्स रगत बैंक स्थापना गर्न लागेकोमा सफलताको कामना पनि गरे ।