काठमाडौं । लमजुङ, दोर्दी गाउँपालिका-६ ताजे आउखेतस्थित सडकमा ना.७ त. ५०३७ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार कैलाली कौसिपुर नगरपालिका-७ बस्ने ३० वर्षीय अम्मर सिंह डगौराको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लमजुङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । अन्य २ जना घाइतेलाई थप उपचारको लागि पुरानो मेडिकल कलेज चितवन रिफर गरिएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यस्तै, कपिलवस्तु, वाणगंगा नगरपालिका-४ तिनकुने चोकस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-३ सिउटी बस्ने ३६ वर्षीय राम मिलन चौधरीको शनिबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल सवारी साधनसहित फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी, धादिङ, गल्छी गाउँपालिका-७ बाईस किल्लास्थित सडकमा बा.२ ख. ९९०८ नम्बरको माईक्रोबसको ठक्करबाट पैदलयात्री सिद्धलेख गाउँपालिका-७ बस्ने ७५ वर्षीया सुकमाया मिजारको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको नेपाल नेशनल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको हो ।माईक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै, उदयपुर, त्रियुगा नगरपालिका-११ मेनचोकस्थित सडकमा मे.१ ख. २१८४ नम्बरको ट्रकले प्र.१-०५-००१ प. ६१५९ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-१४ बस्ने ४३ वर्षीय तारणी मगरको घट्नास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी,मोरङ, विराटनगर महानगरपालिका-४ नेपाल आयल निगमस्थित सडकमा बा.१-०२५ च. ५४४६ नम्बरको कारले प्र.१-०२-०४० प. ३२३२ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सुनसरी बर्जु गाउँपालिका-४ बस्ने ४५ वर्षीय शिव कुमार गुरुङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार कार चालकको प्रहरीले खोजी गरिरहेको छ ।