काडमाडौं,देशका बिभिन्न प्रयोगशालाहरुमा २५६६ नमुना संकलन गर्दा,सोमबार थप १२४ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ ।

त्यस्तै,सोहि अबधिमा कोरोनाबाट २९ जना निको भएका छन् । यो अबधिमा कोरोनाबाट कसैले ज्यान नगुमाएपनि सक्रिय संक्रमित ४४४ जना रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ । पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्दै गर्दा सरकारले सबैलाई सजग हुन आग्रह गरेको छ ।