काठमाडौं । नेपाल बीमा प्राधिकरणले दुईवटा लघु बीमा कम्पनीलाई सञ्चालनको लागि अनुमति दिने निर्णय गरेको छ ।

प्राधिकरणको आइतबार बसेको सञ्चालक समितिको बैठकले दुई लघुबीमा कम्पनीलाई सञ्चालनको लागि अनुमति दिने निर्णय गरेको हो । उक्त निर्णयअनुसार कारोबार सञ्चालनको लागि सैद्धान्तिक अनुमति पाएका गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्सले सञ्चालनको अनुमति पाउने भएका छन् ।