काठमाडौं,देशका बिभिन्न प्रयोगशालाहरुमा गरिएको परिक्षणमा मंगलबार थप १०६ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ । त्यस्तै,सोहि अबधिमा कोरोनाबाट ४८ जना निको भएका छन् ।

विगत २४ घण्टामा कोरोनाबाट १ जनाले ज्यान गुमाएका छन् । अहिले देशभर ४६९ जना संक्रिय संक्रमित रहेको स्वास्थय मन्त्रालयले बताएको छ ।