वैवाहिक बलात्कार आरोपमा न्याय परिषदका न्यायाधीश भुवन गिरी मंगलबार सामाखुसीबाट पक्राउ परेका छन् । उनकी पत्नीले आफूमाथि बलात्कार गरेको भन्दै उजुरी दिएपछि जिल्ला अदालत कपिलवस्तुले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । उनी काठमाडौंमा रहेकाले पक्राउ गरेर पठाउन लागिएको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी पवन भट्टराईले बताएका छन्।