काठमाडौं । लामोसमय पछि सेयर बजारमा उछाल देखिएको छ । अघिल्लो दिन २७ दशमलव ३१ अंकले उकालो लागेको बजार परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार ९२ दशमलव २२ अंकले उकालो लागेर १९ सय ६३ दशमलव ५५ बिन्दुमा कायम रहन सफल भएको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १८ दशमलव ५५ अंकले उकालो लागेर तीन सय ७३ दशमलव ७१ बिन्दुमा चढ्न सफल भएको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ६७ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट ४७ हजार दुई सय ८५ पटकको कारोबारमा ६१ लाख सात हजार चार सय २५ कित्ता सेयर खरिद–बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब ९७ करोड ६० लाख ७६ हजार सात सय ३२ रुपैंयाँ ३४ पैसा पुग्न सफल भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको कारोबार भएकोमा सबै उपसमुहहरुको सुचक उकालो लागेर सेयर बजार पुरै हरियो देखिएको छ ।