काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अन्तै सार्न भनेका छन्। उनले चार दिनदेखि सिंहदरबार, राष्ट्रपति कार्यालयको फोहोर उठाउन दिएका छैनन ।
बालेन शाहले आफूहरूलाई सम्पदा, संस्कृति, कला र सभ्यता चाहिने तर राजनीति नचाहिने बताएका छन्। बिहीबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले सिंहदरबार वा संघीय राजधानी जे सारे पनि काठमाडौंवासीलाई कुनै आपत्ति नभएको बताएका हुन्।
स्टाटसमा उनले लेखेका छन्, ‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरू पालिकामा सार्नुहोस् । हामी काठमाडौंवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्।