काठमाडौं । मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार गराइरहेका भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार भइरहेको छ। आफ्नो स्वास्थ्यमा सुधार भइरहेको नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले बताएका छन्।
नयाँ वर्षको शुभकामना दिँदै सांसद भण्डारीले जारी गरेको भिडिओ सन्देशमा भनेका छन्, ‘मेरो स्वास्थ्यको कारणले गर्दा हजुरहरूसँग म सहभागी हुन सकिरहेको छैन। हजुरहरूको माया, सद्भाव, प्रेम र प्रार्थनाका कारण मेरो स्वास्थ्यमा सुधार भइरहेको छ।’
उनले छिट्टै नै स्वदेश फर्किने पनि बताएका छन्। ‘छिट्टै नै म तपाईंहरूसँग उपस्थित भएर, त्यहीँ नै मेरो स्वास्थ्य उपचार गर्नेछु,’ उनले भने, ‘नयाँ वर्षका अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दछु।