काठमाडौं । एक करोड २५ लाख रुपैयाँ बिगो कायम भएका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार कारसाङ घिसिङको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी नुवाकोट जिल्ला, गाउँखर्क गा.वि.स.वडा नं.०६ हाल परिवर्तित दुप्चेश्वर गाउँपालिका. वडा नं.०२ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका वडा नं.०६ महांकाल बस्ने वर्ष ३९ को तामाङलाई पक्राउ गरेको हो ।
बैंकिङ कसुर मुद्दामा एक करोड २५ लाख रुपैयाँ बिगो कायम भई फरार रहेका प्रतिवादी तामाङको नाममा उच्च अदालत पाटन, ललितपुरबाट २०७९ फागुन २६ गते पक्राउ पुर्जी जारी भएको थियो । सो लगत्तै फरार भएका तामाङलाई काठमाडौंको नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको हो । तामाङलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको उक्त कार्यालयले जानकारी दिएको छ ।