काठमाडौं । आईएमईले नयाँ वर्षको अवसरमा ‘७ मा ७ तपाईँको मिहिनेतमा हाम्रो साथ’ भन्ने मूल नाराकसाथ नयाँ योजना सार्वजनिक गरेको छ ।
विदेशबाट नेपाल पैसा पठाउँदा प्रत्येक हप्ता, प्रत्येक प्रदेशबाट एक जनाका दरले सात प्रदेशका सात जना गरी ४ हप्ताका कुल २८ भाग्यशाली विजेताहरूलाई उपहारस्वरूप जनही नगद सात हजार रूपैयाँ प्रदान गरिने कम्पनीले जनाएको छ । यो योजना वैशाख १ गतेदेखि ३१ गतेसम्मका लागि सञ्चालन हुने पनि कम्पनीले जनाएको छ ।
विदेशमा रहेका नेपालीहरूले आईएमई वा आईएमईका साझेदारहरूमार्फत पठाएको रकम आईएमई–पे, बैंक डिपोजिट तथा आईएमई एजेन्टहरूबाट प्राप्त गरी यस योजनामा सहभागी हुन सक्नेछन् । योजना अवधिभर सात प्रदेशबाट २८ जना भाग्यशाली विजेताहरूको घोषणा सिस्टममा आधारित लक्की ड्रमार्फत गरिनेछ ।