काठमाडौं । आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारमा नेपाली कांग्रेसबाट एनपी साउदलाई परराष्ट्रमन्त्री बनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट साउदले आजै शपथ लिएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीबाट नन्दा चपाईंले पनि आजै शपथ लिएकी छिन् ।