काठमाडौं । मारवाडी सेवा समितिको आयोजनाको काठमाडौंमा नौदिने राम कथा वाचन सम्पन्न भएको छ । प्रसिद्ध भारतीय गुरु श्री शम्भुशरण लाटाको सुखराविन्दुवाट सो कथा वाचन सम्पन्न भएको हो ।

नौ दिनसम्म आयोजित सो कार्यक्रम आइतबार सम्पन्न भएको मारवाडी सेवा समितिका राजेश बंशलले बताए । उनका अनुसार सो कथा वाचनमा राम कथाप्रति रुचि भएका मानिसहरू समावेश भएका थिए ।