विराटनगर । कोशी प्रदेश नामकरणको विरोधमा गत चैत ५ गते पहिचान पक्षधरको आन्दोलनका क्रममा घाइते भएका लिम्बूको चैत १० गते विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको थियो । आन्दोलनमा घाइते भई मृत्यु भएका पदम लिम्बू (लाजेहाङ)को अन्तिम संस्कार अनिश्चित बनेको छ ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेको उनको शव २४ दिन भैसकेको छ । आन्दोलनमा घाइते भएका लिम्बूलाई सरकारले शहीद घोषणा गरेर परिवारलाई दश लाख राहत उपलब्ध गराउने निर्णय गरिसकेको छ । तर मुख्य माग प्रदेशको नाम संशोधनमा सरकार मौन बसेपछि पहिचान पक्षधरले उनको अन्तिम संस्कार रोकेका हुन् । पार्टीले निर्णय नगरेका कारण उनको अन्तिम संस्कार अनिश्चित बनेको हो ।