काठमाडौं, काठमाडौँमा आजबाट सुरु भएको एसीसी प्रिमियर कपमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियाले नेपालसामु जितका लागि प्रस्तुत गरेको दुई सय ३६ रनको लक्ष्य नेपालले ४ विकेट गुमाएर ३६.२ ओभरमा पुरा गर्न सफल भयो ।
नेपालको जितका लागि कुशल भुर्तेल ३८,रोहित पौडेल ४२, भीम सार्की ७१, कुशल मल्ल नटआउट ७० र दिपेन्द्र सिंह ऐरी नटआउट ५ रन रहँदै नेपाललाई जित दिलाउन सफल रहे । मलेसियाका लागि मोहम्मद वाफिक १,रिजवान हैदर १,विरनदीप सिंह १ र विजय उन्नीले १ विकेट लिए ।
टियू क्रिकेट मैदानमा समूह ‘ए’को खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई ३५ रनको योगफल बनाएको थियो। मलेसियाका लागि अहमद फैजले सर्वाधिक ७६ रनको योगदान दिए । उनले ९५ बल खेल्ने क्रममा आठ चौका र एक छक्का प्रहार गरे ।
त्यस्तै वीरनदीप सिंहले ४६, मोहम्मद आमिरले १७, खिजार ह्यायातले २२, सैजरुल इद्रुसले २१ , विजय उन्नीले १२ तथा सायद अजिजले १३ रन बनाए ।
बलिङतर्फ नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान तीन/तीन विकेट लिए । यसैगरी ललितनारायण राजवंशीले दुई तथा गुल्सन झाले एक विकेट लिए ।