काठमाडौं । विशेष अदालतले आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध मुद्दाका साक्षीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा खेपेका कार्यकारी निर्देशकका साक्षी निमा तासी शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
न्यायाधीशहरु यमुना भटराई, खुशीप्रसाद थारु र बलभ्रदा बास्तोलाको संयुक्त इजलासले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
सोमबार शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । वकपत्रका लागि अदालत उपस्थिति नभएसँग उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । निर्देशक खड्कालाई भने गैरकानुनी तरिकाले १८ करोड ६६ लाख रुपैयाँ आर्जन गरेको भन्दै भ्रष्टचार मुद्दा लागेको थियो । भ्रष्टचार मुद्दा लागेका खड्काले दुई करोड ५० लाख रुपैयाँ धरौटी अदालतलाई बुझाएर छुटेका थिए । उनले २०७५ माघ २९ गते धरौटी बुझाएका थिए । खड्काले गैरकानुनीरुपले कमाएको पैसा श्रीमती शर्मिला खड्का र अन्य व्यक्तिहरुको नाममा लुकाएको आरोप लागेको थिए । खड्कामाथि भने अख्तियार दुरुपयोग अनुसन्धान अयोगले दुई वर्षसम्म कैद सजाय, बिगो मागदाबी गरी आयोगले मुद्दा दायर गरेको थियो ।
कार्यकारी निर्देशक हुँदा खड्काले आयल निगमको जग्गा खरिदमा अनियमितता गरेको आरोप लागेको थियो । जग्गा खरिदको आरोप लागेसँगै विभिन्न संसदीय समितिको सिफारिसबमोजिम उनलाई पदच्युत गरिएको थियो । २०७१ साल माघमा मन्त्रिपरिषद्ले निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको खड्कालाई विवादमा परेसँगै २०७४ असोजमा पदच्युत गरिएको थियो । तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले खड्कालाई कार्यकारी निर्देशका नियुक्त गरेको थियो । चण्डिका भटलाई हटाई कोइाराला नेतृत्वका सरकारले खड्कालाई नियुक्त गरेको हो ।