नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली कांग्रेसबाट र गठबन्धनबाट साझा उम्मेदवार बनेका नेता जितनारायण श्रेष्ठलाई मतदान गर्न चितवनबासीलाई आग्रह गरेका छन् । लोकतान्त्रीक गणतन्त्रबाट उप्लब्ध भएको उपलब्धिलाई जोगाउन नेपाली कांग्रेसलाई जिताउनुपर्ने बताएका छन् । बुधबार भएको चुनाबी कार्यक्रमलाई सम्बोधन गदै नेता सिंहले आवेग र उत्तेजनामा नआई विवेकपूर्ण तरिकाले तदान गर्न आग्रह गरे । गठबन्धनका साझा उम्मेदवार जितनारायण श्रेष्ठको प्रसंसा गदै उनले चितवनको सबैपक्षलाई बुझेको उम्मेदवार भएकोले आफ्नो पार्टीले बैशाख १० निर्वाचन जित्ने समेत दाबी गरे । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले चर्का कुरा गर्नेलाई भन्दा जनताको माझमा परिचित उम्मेदवारलाई जिताउन आग्रह गरे । त्यस्तै,साझा उम्मेदवार जितनारायण श्रेष्ठले जनताका सबै सुखदुःखमा साथ दिइ आएकाले आफूलाई चितवन बासीले निर्वाचनमा जिताउने विश्वास राखेका थिए ।