काठमाडौँ । चुनावी सभालाई सम्बोधन गर्न सत्तारुढ दलका शीर्ष नेताहरू बारा–२ मा हुने उपनिर्वाचनका लागि बारा जाने भएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर बाराको गढीमाई मन्दिरको प्राङ्गणमा बिहीबार हुने चुनावी सभालाई सम्बोधन गर्न बारा जान लागेका हुन् ।
विहीबार सबै शीर्ष नेताहरू बारा पुगेर सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव सत्ता गठबन्धनको तर्फबाट बारा–२ मा उम्मेदवार बनेका छन् । पाँच दलीय गठबन्धन बाराले विज्ञप्ति जारी गरी चुनावी सभामा सहभागी हुनका लागि सबैलाई अपिल गरेको छ ।