काठमाडौं,देशका बिभिन्न प्रयोगशालाहरुमा गरिएको परिक्षणमा बिहीबार थप १०३ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ । त्यस्तै,सोहि अबधिमा कोरोनाबाट ६१ जना निको भएका छन् ।

विगत ४ घण्टामा कोरोनाबाट कसैले पनि ज्यान गुमाएका छैनन् भने, देशभर कोरोनाका ३९७ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।