काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेकी छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार वादी नेपाल सरकार प्रतिवादी रश्मी सिग्देल भएको बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन, ललितपुरको २०७९ फागुन २३ गतेको फैसलाअनुसार रश्मी सिग्देलले तिर्न बाँकी रहेको जरिवाना २६ लाख ९८ हजार पाँच सय रूपैयाँ मात्र नतिरी फरार रहेकी सिग्देललाई कार्यालयबाट खटिएको टोलीले बुधबार भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ४ बाट पक्राउ गरिएको हो ।
पक्राउ परेको सिग्देललाई फैसला कार्यन्वयनको लागि भक्तपुर जिल्ला अदालतमा पठाइएको पठाइएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए ।