काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र माबिलुङ इनर्जी लिमिटेडबीच सम्झौता भएको छ । दुवै कम्पनीहरूबीच सर्वसाधारणमा बिक्री गरिने एक सय रुपैयाँँ अंकित दरका १८ करोड ९० लाख ५४ हजार रुपैयाँँबराबरको १८ लाख ९० हजार पाँच सय ५० कित्ता साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्धकसम्बन्धी काम गर्ने सम्बन्धमाम सम्झौता भएको हो ।
सम्झौतापत्रमा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र माबिलुङ इनर्जीकोे तर्फबाट सञ्चालक डेबिन श्रेष्ठले हस्ताक्षर गरेका छन् । माबिलुङ इनर्जीले संखुवासभा जिल्लाको चैनपुर मादि नगरपालिकामा रहेको माथिल्लो पिलुवा खोलामा चार दशमलव ९५ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । अहिलेसम्म ५० प्रतिशत काम सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।