बारा । बारा क्षेत्र नं. २ मा वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनलाई ध्यानमा राखि शुक्रबारदेखि तीन दिनसम्म जिल्लासित जोडिएका भारतीय सीमानाका बन्द गरिने भएको छ ।
पर्सा जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी आज शुक्रबार राति १२ बजेदेखि आइतबार राति १२ बजेसम्म जिल्लासित जोडिएका भारतीय सीमानाका बन्द रहने जनाएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।
बारा क्षेत्र नं. २ भित्र पर्ने हुलाकी राजमार्गलगायत सम्पूण राजमार्गमा वैशाख ९ गते राति १२ बजेदेखि वैशाख १० गते साँझ ७ बजेसम्मका लागि अत्यावश्यकबाहेक सम्पूर्ण आवागमन बन्द गरिएको प्रजिअ सापकोटाले जानकारी दिए ।