चितवन । भरतपुरको नयाँ किरण मा.वि.मा भइरहेको मतदान स्थगित भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने उक्त केन्द्रमा पुगेपछि उनका समर्थकले नाराबाजी लगाएपछि अन्य दलका कार्यकर्ताले मतदान केन्द्रमा नाराबाजी गर्न पाइँदैन भन्दै विरोध गरेका थिए।
सो क्रममा दुई पार्टीबीच नाराबादी र धकेलाधकेल हुँदा रास्वपाका केन्द्रीय सदस्य दीपक बोहोराको मोबाइल भिडिओ खिचिरहेको अवस्थामा फुटाइएको छ।
मदान स्थगित भएको विषयमा मतदान सुचारू गर्न छलफल भइरहेको छ। सर्वदलीय बैठक बसेर मतदान प्रक्रिया सुरू गर्ने तयारी भइरहेको सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले बताए। ‘बैठकको तयारी भइरहेको छ, जटिल समस्या नभएकाले बैठकपछि मतदान सुरू हुन्छ,’ उनले जानकारी दिए।