काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार सुरुवाती समयमा बढेको थियो । त्यसपछि भने लगातार घट्न थालेको बजार परिसुचक अन्तिम समयमा आएर १८ दशमलव ८० अंकले ओरालो लागेर १८ सय ८५ दशमलव ६० बिन्दुमा खुम्चिएको छ ।
क बर्र्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार अंकले ओरालो लागेर तीन सय ५९ दशमलव १३ बिन्दुमा खुम्चिएको छ । आज १३ वटा समुहहरुको ३१ हजार चार सय १५ पटकको कारोबारमा २७ लाख ३४ हजार तीन सय सात कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट कुल कारोबार रकम ८२ करोड ८५ लाख ३४ हजार ३६ रुपैंयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये होटल तथा पर्यटन उपसमुहको सुचक ११ दशमलव सात अंकले उकालो लागेर तीन हजार पाँच सय ५८ दशमलव ३७ बिन्दुमा चढेपनि बाँकी उपसमुहहरुको सुचक भने ओरालो लागेका छन् ।