काठमाडौं । तिव्र उतारचढावकाबिच सेयर बजार परिसुचक सामान्य अंकले उकालो लागेको छ । आज सोमबार कारोबार खुलेको पहिलो केही समय बढेको सेयर बजार त्यसपछि भने घट्न थालेको थियो । तर अन्तिम समयमा भने बजार परिसुचक दुई दशमलव ७१ अंकले उकालो लागेर एक हजार आठ सय ८८ दशमलव ३२ बिन्दुमा चढ्न सफल भएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आज शुन्य दशमलव २३ अंकले उकालो लागेर तीन सय ५९ दशमलव ३७ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ७० वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ३३ हजार दुई सय १३ वटा कम्पनीहरुको २२ लाख ६० हजार आठ सय २३ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ७५ करोड १३ लाख ३० हजार तीन सय ९३ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएको कुल उपसमुहहरु मध्ये चार वटा उपसमुहहरुको सुचक ओरालो लागेर बाँकी नौं वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।