बारा क्षेत्र नं २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना ताजा मतपरिणामअनुसार बारा २ मा जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले १३४९ मत लिई अग्रता लिएका छन् । उनलाई जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले १२७७ मतका साथ पछ्याईरहेका छन् ।

भने नेकपा (एमाले)का पुरुषोत्तम पौडेलले ५९८मत ल्याएर तेस्रो भएका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ३३१ मत ल्याएर चौथो स्थानमा रहेका छन् ।