काठमाडौं,देशका बिभिन्न प्रयोगशालाहरुमा गरिएको परिक्षणमा सोमबार थप ११३ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ । त्यस्तै सोहि अबधिमा कोरोनाबाट ७२ जना निको भएका छन् ।

विगत घण्टामा कोरोनाबाट कसैले ज्यान गुमाएका छैनन् । अहिले देशभर ३६२ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।