चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फराकिलो मतान्तर सहित विजयी भएका छन् ।
लामिछानेले ५४१७६ मत प्राप्त गरेका छन् ।
साथै लोकतान्त्रिक बाम गठवन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका जीतनारायण श्रेष्ठले ११२१४ मत र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १०९३६ मत प्राप्त गरेका छन् ।
यस क्षेत्रमा ७८ हजार २७७ मत खसेको थियो । सो क्षेत्रमा ४३ स्थलका १३८ केन्द्रमा मतदान गरिएको हो । यस क्षेत्रमा १ लाख २४ हजार ६९५ जना मतदाता रहेका थिए । जसमध्ये ६३ हजार २९१ महिला, ६१ हजार ४०३ पुरुष र एक जना तेस्रो लिङ्गी छन् ।