काठमाडौं । हिमालयन बैंकले ललितपुरस्थित नशारहित समाज नेपाल (उपचार केन्द्र)लाई बहुद्देश्यीय हल निर्माणका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरेको जनाएको छ ।
उपचार केन्द्रले मादकपदार्थ तथा लागुपदार्थको कुलतमा फसेका व्यक्तिहरूलाई त्यसबाट छुटकारा दिलाउन काम गर्दै आएको छ । अहिलेपनि केन्द्रले करिब एक सय जना व्यक्तिलाई न्यूनतम खर्चमा सहयोग गरिरहेको छ । सोही संस्थालाई बैंकले आर्थिक सहयोग गरेको हो । शुक्रबार एक समारोह आयोजना गरी बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले केन्द्रका अध्यक्ष सोनाम शेर्पालाई सो रकम हस्तान्तरण गरेको बैंकले जनाएको छ ।