काठमाडौं । कांग्रेसका नेता डा.शेखर कोइरालाले सामाजिक संजाल फेसबुकमार्फत माओवादी पूर्वलडाकुलाई राहत रकम दिने कुराको विरोध गरेका छन् ।

‘उनीहरुलाई पैसा होइन रोजगारी दिऊँ ।’ उनले लेखेका छन्, ‘ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरुको तलब र पूर्व शिक्षकहरुको पेन्सन दिन नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य हुनै सक्दैन ।’