फुङ्लिङ । गए राति ताप्लेजुङमा मैवाखोला गाउँपालिका–४ साँघु चित्रेका ११ वर्षीय दोर्ची शेर्पाको चट्याङ लागेर मृत्यु भएको छ भने दुई घाइते भएका छन् । दोर्चीका बुबा दारिञ्जी र आमा मिङ्लाल्हमु चट्याङ लागेर सख्त घाइते भएका छन् । घाइते दुवै जनाको जिल्ला अस्पतालको उपचार भइरहेको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी बताए ।