काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन १३ दशमलव ६८ अंकले ओरालो लागेको बजार परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि दुई दशमलव २५ अंकले ओरालो लागेर एक हजार आठ सय ८९ दशमलव ७५ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ४६ अंकले ओरालो लागेर तीन सय ६१ दशमलव शुन्य नौं बिन्दुमा झरेको छ । आज दुई सय ६९ वटा कम्पनीहरुको २१ हजार आठ सय ५१ पटक सेयर खरिद बिक्री भएका छन् । जसबाट २१ लाख ७४ हजार नौं सय १४ कित्ता सेयर खरिद बिक्री भएकोमा कारोबार रकम ७३ करोड ९६ लाख ५० हजार दुई सय ४७ रुपैंयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये दुई वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् भने बाँकी उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।