काठमाडौं । आईएमई ग्रुपअन्तर्गत ‘आईएमई डिजिटल सोलुसन लिमिटेड’को ‘आईएमई–पे’ले देशभर सञ्चालित सबै केबलकारको टिकट काट्न मिल्ने सुविधा दिएको छ ।
आईएमई–पेले सुरुवातदेखि नै केबलकारको टिकेटिङ सुविधा प्रदान गर्दै आइरहेको छ । चन्द्रगिरी केबलकारबाट सुरु गरिएको यो सेवा मनकामना, अन्नपूर्ण र मौलाकाली केबलकारको टिकट काट्न सकिने गरी विस्तार गरिएको कम्पनीले जनाएको छ ।
आईएमई–पेको यात्रा सेवामा केबलकारभित्र रहेको टिकेटिङ सुविधामार्फत ग्राहकवर्गले लाइन बस्ने झन्झटविना टिकट काट्न सकिनेछ । आईएमई–पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । आईएमई पे आईएमई ग्रुपको डिजिटल वित्तीय सेवा प्रदायकअन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछ्र्याैट विनियमावली– २०७२ बमोजिम आईएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो । आईएमई–पेले २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरूमार्फत विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आएको छ ।