काठमाडौं । प्रतिनिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसँग शिष्टाचार भेट गरेका छन् ।

उपराष्ट्रपति कार्यालयमा लैनचौरमा आइतबार भएको सो भेटमा उनीहरुबीच समसामयिक विषयमा विचारविमर्श भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।