काठमाडौं । साताको सुरुवाती कारोबार दिन नैं सेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । आईतबार बजार परिसुचक नेप्से १९ दशमलव ११ अंकले ओरालो लागेर १८ सय ७० दशमलव ६५ बिन्दुमा खुम्चिएको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ९५ अंकले ओरालो लागेर तीन सय ५८ दशमलव १४ बिन्दुमा खुम्चिएको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ७१ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट २६ हजार आठ सय एक पटकको कारोबारमा ३२ लाख ट हजार चार सय ५० कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम ९५ करोड ४३ लाख २२ हजार तीन सय ७७ रुपैंयाँ ९४ पैसा कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमहुहरु मध्ये सबै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार पुरै रातो भएको छ ।