काठमाडौं । काठमाडौँ महानगरपालिका–१६ बोहराटारस्थित एकजना चिकित्सकको कोठामा काठमाडौँको वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठ मृत भेटिएकी छिन् ।
शनिबार अपराह्न घटना भएको हो जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले बताए । उक्त घटनाबारे प्रहरीलाई ४ बजे खबर भएको तर हालसम्म शव घटनास्थलमै रहेको प्रहरीको भनाइ छ ।
कोसी अस्पतालमा कार्यरत डा. सुजन ढकालको कोठामा उनी मृत भेटिएको उनले बताए । घटनास्थलमा सुसाइट नोट फेला परेको र त्यसमा बाँच्न मन नभएको उल्लेख भएको प्रहरीले जनाएको छ । प्रहरीले आपसी सम्बन्धका कारण घटना भएको हुनसक्ने अनुमान गरेको छ ।