काठमाडौं । विभिन्न मागसहित आन्दोलनमा उत्रिएका राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख एवं वैज्ञानिक महावीर पुन र उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ ।
भेटमा पुनले राख्दै आएको माग सम्बोधनका विषयमा छलफल भएको थियो । “माग सम्बोधनका विषयमा वार्ता सकारात्मक रह्यो”, पुनले भने, “उपप्रधानमन्त्रीले अब कसरी अघि बढ्ने भन्ने विषयमा सुझाव समेत माग्नुभएको छ ।”
पुनले माग सम्बोधनका विषयमा छलपल गर्न आइतबार बेलुका ५ बजेसम्म दुवै पक्षबाट वार्ता टोली गठन भएपछि भोलिसम्ममा आन्दोलनका माग पूरा गर्ने विषयमा सहमति भएको बताए । “वार्ताका क्रममा पनि प्रधानमन्त्रीले दुई पटक फोन गर्नुभयो, अहिलेसम्म वार्ता सकारात्मक भएको छ”, उनले भने ।