काठमाडौं । नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा ग्राहकहरुका लागि आईसीटी डे अफर उपलब्ध गराएको छ । सो अवसरमा कम्पनीले भ्वाइस र डेटा प्याकेज उपलब्ध गराएको हो ।
आइतबारदेखि सुरु भएको अफर मंगलबारसम्म रहनेछ । अफरअन्तर्गत ४९ रुपैयाँमा एक दिन चलाउन सकिने एक एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने सय मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ ।
डेटा प्याकेजअन्तर्गत ९८ रुपैयाँमा तीन दिन चलाउन सकिनेछ जीबी डेटा, एक सय ९९ रुपैयाँमा सात दिन चलाउन सकिने १३ जीबी डेटा, दुई सय ९४ रुपैयाँमा १० दिन चलाउन सकिने २० जीबी डेटा र तीन सय ९९ रुपैयाँमा १५ दिन चलाउन सकिने ३० जीबी डेटा प्याकेज उपलब्ध छ । ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नारासहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ आगामी वैशाख १९ गते मंगलबार मनाइँदै छ ।