काठमाडौं । सेयर बजार परिसुचक आज मंगलबार सामान्य अंकले ओरालो लागेको छ । कारोबार खुलेको पहिलो केही समय उकालो लागेको बजार परिसुचक अन्तिम समयमा आएर चार दशमलव २७ अंकले ओरालो लागेर एक हजार आठ सय ६६ दशमलव ४० बिन्दुमा खुम्चिएको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १२ अंकले ओरालो लागेर तीन सय ५७ दशमलव शुन्य दुई बिन्दुमा खुम्चिएको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ७१ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट २१ हजार छ सय ४९ पटकको कारोबारमा २३ लाख ३६ हजार छ सय २५ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम ६९ करोड २२ लाख ७१ हजार सात सय ५५ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सात वटा उपसमुहहरुको सुचक उकालो लागेर बाँकी उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।