काठमाडौं। काठमाडौं उपत्यकामा मोटरसाइकल चोरी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-३ धार्पा घर भई हाल ललितपुरको भैंसेपाटी बस्‍ने २५ वर्षीय विजय (लोकबहादुर पाख्रिन) र काभ्रेको तिमाल गाउँपालिका-७ धुल्खु घर भई हाल बौद्ध नयाँबस्‍ती बस्‍ने २८ वर्षीय हेमा (सुजन तामाङ) लाई प्रहरीले पक्राउ गरेको हो ।