चितवन । भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल परिसरमा उद्यान निर्माण गरिएको छ । कृषि विकास बैंकको १५ लाख रुपैयाँ र क्यान्सर सेवा समाजको तीन लाख ५० हजार रुपैयाँको लागतमा उद्यान निर्माण गरिएको हो ।
उद्यानको भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले मंगलबार एक कार्यक्रमकाबीच उद्घाटन गरेकी छिन् । कार्यक्रममा प्रमुख दाहालले भरतपुर महानगरलाई सुन्दर बगैँचाको रुपमा विकास गर्ने आफ्नो योजना रहेको बताईन् । उनले महानगर कार्यालयसँग सरकारी कार्यालय र संस्थाका कार्यालय पसिरहरुलाई पनि हरियाली बनाउनुपर्ने उल्लेख गरिन् ।
महानगरले ‘एक वडा एक उद्यान’को अवधारणा अनुसार कतिपय वडाले उद्यान निर्माण गरेको भन्दै अन्य वडामा उद्यान निर्माण गरिँदै जाने बताइन । क्यान्सर अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गर्ने आफ्नो योजना रहेको उल्लेख गर्दै दाहालले अस्पतालका अध्यक्ष, पदाधिकारी लगायत सबैको तदारुकता आवश्यक हुने बताईन् ।