काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन चार दशमलव २७ अंकले ओरालो लागेको बजार परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार पुन नौं दशमलव १८ अंकले ओरालो लागेर एक हजार आठ सय ५७ दशमलव २३ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १९ अंकले घटेर तीन सय ५५ दशमलव ८३ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ६५ वटा कम्पनीहरुको १८ हजार आठ सय ७६ पटक सेयर किनबेच भएको छ । जसबाट २१ लाख ५५ हजार पाँच सय ८६ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम ६२ करोड दुई लाख ६६ हजार १६ रुपैंयाँमा खुम्चिएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये दुई वटा उपसमुहहरुको सुचक उकालो लागेर बाँकी उपसमुहहरुको सुचक भने ओरालो लागेका छन् ।