काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार प्रहरीले काठमाडौंबाट पूर्वगृहसचिव टेकनारायाण पाण्डे र नेकपा एमालेका सचिव टोपबहादुर रायामाझीका छोरा सन्दिप रायमाझीलाई बुटवलबाट पक्राउ गरेको छ । टोपबहादुरलाई पनि पक्राउ पुर्जी जारी भएको छ । उनीहरुलाई नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने भनेर पैसा उठाएर ठगी धन्दा चलाएको आरोप छ ।
उक्त ठगी प्रकरणका गत चैत १२ गते केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ पक्राउ परेका थिए । उनीहरुको बयानपछि मंगलबार पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए । राईपछि पाण्डे र रायमाझी पक्राउ परेका हुन् । पाण्डे अहिले उपराष्ट्रपति कार्यालयका सचिवका रुपमा कार्यरत थिए । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बुधबार पाण्डेलाई पेप्सिकोलाबाट पक्राउ गरेको हो