काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ जारी गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा बुधबार उक्त अध्यादेश जारी गरेका हुन् । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याजपीडितको समस्या सम्बोधन गर्ने गरी अध्यादेशमार्फत कानुन संशोधन गर्ने निर्णय गरेको थियो ।