काठमाडौं । बेलायतका नयाँ राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुनका लागि परराष्ट्रमन्त्री एनपी साउद बिहीबार बेलायत जाँदै छन् ।

यसअघि उक्त राज्याभिषेकमा राष्ट्रपति रामचन्द्र पौडेल जाने तय भएपनि स्वास्थ्यका कारण अन्तिममा स्थगित भएको थियो । राष्ट्रपति पौडेल स्वास्थ्यका कारण बेलायत जान नसक्ने भए पछि सरकारले परराष्ट्रमन्त्री साउदलाई बेलायत पठाउन लागेको हो ।