काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र लेकसाइड, पोखरास्थित हिमालयन फ्रन्टटार्यस प्याराग्लाइडिङ प्रालिबीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतापश्चात् सिटिजन्स बैंकका कार्डवाहक ग्राहकले प्याराग्लाइडिङमा १५ प्रतिशतसम्मको छुट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट ग्राहकहरु लाभान्वित हुने र नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।
बैंकले देशभर फैलिएका आफ्ना एक सय ८२ शाखा, एक सय ३९ एटीएम, तीन विस्तारित काउन्टर र ९७ शाखा रहित बैंकिङ इकाइहरुबाट १५ लाख ४० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।