काठमाडौं,बैंकहरुले आन्तरिक रेमिट्यान्स भुक्तानी सम्वन्धी राष्ट्र बैंकको निर्देशनको अवज्ञा गरेका छन् । नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले झण्डै सात महिनाअघि जारी गरेको आन्तरिक रेमिट्यान्स सम्वन्धी परिपत्रको पूर्णरुपमा कार्यान्वयन नगरेर बैंकहरुले उक्त निर्देशनको अवज्ञा गरेका हुन् ।
बैंकहरुको यस्तो अवज्ञाले गर्दा नगदको बैधानिक कारोबार भन्दा पनि अवैधानिक कारोबार अर्थात हुण्डीले प्रश्चय पाएको दाबी स्रोतले गरेको छ । नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको आन्तरिक रेमिटयन्स सम्बन्धी सात महिनाअधि जारी गरेको परिपत्र आजको दिनसम्म पनि पूर्णरुपमा कार्यान्वयनमा नल्याउनु भनेको हुण्डीलाई नैं प्रोत्साहन गर्नु हो,स्रोतले भनेको छ ।
नगदको स्थान्तरणमा हुण्डीले प्रश्चय पाउँदा राज्य कोषमा आउनुपर्ने अबौँ रुपैंयाँ राजश्व गुमेको र त्यसतर्फ सम्वन्धीत निकायको ध्यान पुग्नु जरुरी रहेको स्रोतले दावी गरेको छ । यस विषयमा नेपाल राष्ट्र बैंकका उच्च अधिकारीले भने स्वदेशी रकमान्तरको कारोबार जारी गरेको परिपत्र कै कारण हुण्डीले प्रश्चय पाएको भन्ने जानकारी नियमनकारी निकाय नेपाल राष्ट्र बैंकमा अहिलेसम्म नआएको बताएका छन् ।
हुण्डी गैरकानुनी हो, यदि कही कतैबाट नियमनकारी निकायको आँखा छलेर यस्तो कार्य भईरहेको छ र त्यसको जानकारी राष्ट्र बैंकले पायो भने सम्वन्धी निकायहरु समेतको समन्वयमा त्यस्तो कार्यमा संलग्न जो कोही व्यक्ति तथा संस्थाहरु कारवाहीमा पर्छन, राष्ट्र बैंकका उच्च अधिकारीले भनेका छन् ।
स्वदेशी रकमान्तरको कारोबार सम्बन्धमा झण्डै सात महिना अधि जारी भएको परिपत्रमा भनिएको छ, स्वदेशी रकमान्तरको कारोबार गर्न चाहने इजाजतपत्र प्राप्त ख र ग वर्गका बिकास बैंक तथा वित्त कम्पनीहरुले आफूले स्वदेशी रकमान्तरको कारोबार गर्न चाहेको इजाजतपत्र प्राप्त क वर्गका बाँणिज्य बैंकहरुसंग सहमती गरी क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आफ्नै शाखा वा अन्य एजेन्सी मार्फत स्वदेशी रकमान्तरको कारोबार गर्न चाहेमा रकमान्तर सम्वन्धी सम्पूर्ण जोखिम आफैले वहन गर्ने गरी यस बैंकको स्वीकृतीको लागि अनुरोध गरेमा स्वीकृती प्रदान गर्न सकिने छ ।
तर ख वर्गका बिकास बैंकहरुले सम्पुर्ण जोखिम आफैले बहन गर्नेगरी आफ्ना शाखा कार्यालय मार्फत आफ्ना शाखा कार्यालय मार्फत आफ्ना ग्राहकलाई स्वदेशी वा बिदेशी रकमान्तर कारोबार सम्वन्धी सेवा प्रदान गर्न सक्नेछन्, तत्कालीन समयमा जारी भएको परिपत्रमा भनिएको छ ।
स्रोतले भनेअनुसार यही परिपत्रको आधारमा टेकेर बैंक तथा वित्तीय संस्थाहरु स्वंम नैं हुण्डी कारोबारमा संलग्न रहेको र हुण्डीलाई प्रश्चय दिएको दावी स्रोतको रहेको छ । तर राष्ट्र बैंकका अच्च अधिकारीले भने आन्तरिक रेमिट्यान्समा हुण्डीको कारोबार हुने गरेको बारेमा त्यति धेरै सत्यता नभएको र यि कुराहरु हल्लामा मात्र सिमित रहेको बताएका छन् ।